
हालसम्म साझामा सवार गर्ने १५० जना यात्रीहरुले स्मार्टकार्ड लिइसकेका छन् ।
साझा यातायातले नेपाल बैंक, भारतीय कम्पनी वानओएमको सहकार्यमा यो प्रविधि भित्र्याएको हो ।
हाल साझाले लगनखेलदेखि बसपार्कको रुटमा चल्ने करिब १० ओटा बसमा यो प्रविधि जडान गरिसकेको छ । अझै ३६ ओटा बसमा जडान गर्ने योजना रहेको जनाइएको छ ।
गत फागुन १ गतेदेखि यो प्रविधि सन्चालनमा आएको हो । यस प्रविधिमा चढ्दा र ओर्लंदाको दुरीको आधारमा यात्रीको भाडा तय हन्छ ।
साझासँग रहेको करिब ५०० कार्डमध्ये १५० ओटा वितरण गरिसकेको जनाइएको छ ।
हाल नेपाल बैंक लिमिटेडसँग करिब १ हजार कार्ड वितरणको लागि तयारी अवस्थामा रहेको जनाइएको छ । कार्डको शुल्क २०० रुपैया रहेको छ, जसमा ५० रुपैया“ ब्यालेन्स रहन्छ ।
ग्राहकले कार्डमा जति पनि रकम राख्नसक्ने व्यवस्था रहेको छ ।
यात्रीले साझामा यात्रा गरिसकेपछि तिरेको रकम भने नेपाल बैंक लिमिटेडमा रहेको साझाको खातामा जम्मा हुन्छ ।
यसबाट फर्जी यात्री घटाउन र अनावश्यक रकमको चुहावट रोक्नसमेत मद्दत पुग्ने साझाको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्