१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


भैरहवा औलोरोगको उच्च जोखिममा


0
Shares

जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले गरेको सर्भेक्षणमा सिद्धार्थनगर नगरपालिकाका १३ वटा बडा मध्ये १ र ३ औलोरोगको उच्च जोखिममा रहेको पाइएको हो ।

सरसफाइको अभाव, ठाउँ–ठाउँमा जमेको पानीजस्ता कारणले त्यस क्षेत्रमा औलोको उच्च जोखिम देखिएको जनस्वास्थ्य कार्यालयका रुपन्देहीका प्रमुख केहरसिंह गोदारले जानकारी दिए । उनले अन्य जिल्लाको तुलनामा रुपन्देही सबैभन्दा धेरै औलो रोगका बिरामी भेटिने जिल्लाको रुपमा रहेको बताउंदै यसको नियन्त्रणका लागि सबैले सर्तकता अपनाउनु पर्नेमा जोड दिए ।

यो जिल्ला खुला सिमानाका कारण महामारीको उच्च जोखिममा परेको उनले बताए । सरकारले नेपाललाई सन् २०२६ सम्म औलोमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । जसअन्र्तगत सन् २००७ यता औलो विरुद्ध विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।

यसवर्ष पनि ‘सदाका लागि औलो अन्त्य गरौँ’ भन्ने नाराकासाथ मंगलबार (भोलि) विश्व औलो दिवस मनाइदै छ ।