
स्वास्थ्य मन्त्रालय अन्तर्गत सञ्चालन भईरहेको ललितपुर, हरिहर भवनस्थित पशुपति होमियोप्याथिक चिकित्सालयलाई वैकल्पिक ठाउँ नदिई हटाउन खोजेको भन्दै सरोकारवालाहरुले आक्रोश पोखेका हुन् ।
पाटन उच्च अदालतलले आफूहरुलाई ठाउँ अपुग भएको भन्दै होमियोप्याथी अस्पताल रहेको भवन र जग्गा खाली गर्न भनेपछि अस्पतालका कर्मचारीलगायत सरोकारपक्ष आक्रोशित बनेका हुन् ।
बिहीबार हामीसंँग कुरा गर्दै अस्पताल प्रमुख डा.सब्बीर खानले दिनहुँ ३५० भन्दा बढी विरामीलाई उपचार दिइरहेको अस्पतालाई कुनै विकल्प नै नदिई खाली गर भन्नु कति उचित हो भन्ने प्रश्न गरे ।
अस्पतालका कर्मचारी तथा सरोकारवालाहरुले आजै स्वास्थ्यमन्त्री गगन थापालाई भेटी ज्ञापन पत्रसमेत बुझाएका छन् ।
प्रतिक्रिया दिनुहोस्