७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


नेपालमा पनि आयो सामसुङको ‘एस ८’ र ‘एस ८ प्लस’, यस्तो छ मूल्य


0
Shares

सामसुङ नेपालले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी यी फोन सार्वजनिकसँगै बुकिङ खुला गरेको हो ।

स्थानीय बजारमा सामसुङ एस ८ को मूल्य ८८ हजार ९ सय र एस ८ प्लसको ९८ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

पानी र धुलो नछिर्ने दाबी गरिएका यी सेटमा उच्च क्षमताका ब्याट्री प्रयोग गरिएको जनाइएको छ ।

आन्तरिक मेमेरी ६४ जीबी रहेको छ ।

सामसुङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले नयाँ सेट नेपालीलाई सुहाउँदो र नयाँ फिचरसहितको रहेको बताए ।

यी दुबै सेटमा चार जीबीको र्‍याम रहेको छ ।