
लामो समयदेखि विभिन्न संचार गृहमा आवद्ध हुँदै नागरिकलाई सूचनाको हक प्रत्याभूत गर्नमा योगदान दिएकाले बज्राचार्यलाई सम्मान गरेको हो ।
न्हापांगु पलाः नामक संस्थाले काठमाडौंको टेकूमा सोमबार आयोजित उद्घोषण तालिम समापन कार्यक्रममा उनलाई सम्मान–पत्र दिएको छ ।
“महिला, आदिवासी जनजाती लगायतले आ–आफ्नो अन्तरनिहीत क्षमतालाई विकास गरी नेतृत्व तहमा पुग्नुपर्छ” कार्यक्रममा उपस्थित भएका नेपाः राष्ट्रिय पार्टीका महासचिव डा. विजय सैंजुले धारण राखे ।
अधिकार स्थापित गर्न सक्षम भएर सम्बन्धित नीति निर्माण तहमा पुग्नुपर्ने उनको भनाई थियो ।
तालिम कार्यक्रमले महिलाहरुको क्षमतालाई बृद्धि गर्ने र सोही कला सान्दर्भिक क्षेत्रमा प्रयोग गर्न आग्रह समेत गरे ।
त्यस्तै, कार्यक्रममा उपस्थित अन्य वक्ताहरुले पनि आ-आफ्नो बिचार राखेका थिए ।
नेपाः राष्ट्रिय पार्टीको सांसद् विकास कोषको सहयोगमा न्हापांगु पलाः नामको सामाजिक संस्थाले संयोजन गरेको तालिम कार्यक्रममा २० जना प्रशिक्षार्थीहरुको सहभभागिता रहेको अध्यक्ष शिला साय्मिले जानकारी दिए ।
तालिममा केके मानन्धर, प्रज्ज्वल बज्राचार्य, कुमार रंजित तथा निर्मल बज्राचार्यले संयुक्त रुपमा प्रशिक्षण दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्