११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


दुर्घटना भएको सात वर्षसम्म उपचार नपाएपछि अनशन


0
Shares

विसं २०६६ माघ २७ गते दुई पर्यटक लिएर पोखरा जाँदा पृथ्वीराजमार्गस्थित धादिङको ज्यामिरघाटमा नगरकोटीले चलाएको फिस्टेल टुर्स एन्ड ट्राभल्सको बा४च ४५३१ नं को किया क्यारिन्स कारलाई काठमाडौं आउँदै गरेको लमजुङ कालिका माइक्रोबस समितिको बा३ख ३१५१ नं को माइक्रोबसले ठक्कर दिएर सख्त घाइते बनाएको थियो ।

सात वर्षसम्म आफू कार्यरत ट्राभल्स, माइक्रोबस समितिलगायत सरोकार भएका निकायमा धाउँदापनि न्याय नपाएपछि राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिइएको उनले बताए ।

नेपाल घुम्न आएका सिंगाापुरको एक दम्पती लिएर पोखरा फर्कंदा उनीमात्र नभई पर्यटक पनि घाइते भएका थिए । महिला पर्यटक गोडा नचल्ने अवस्थामा ह्विलचियरमा स्वदेश फर्केकी थिइन् ।

‘ट्राभल्सका सञ्चालक नारायणप्रसाद पोखरेलले माइक्रोबस समितिसँग पैसा लिई कारको मर्मत गरेपनि मेरो उपचारकालागि केही गरेनन्, अहिले त भेट्न पनि मान्दैनन्, फोन पनि उठाउँदैनन्,’ पीडित नगरकोटीले भने ।

बिएन्डबी अस्पतालमा प्रारम्भिक उपचारपछि डा.सरोज रिजालले करङको शल्यक्रिया गर्न सिफारिस गरेपनि आर्थिक अवस्था कमजोर भएका कारण शल्यक्रिया गर्न नसकेको उनको गुनासो छ । उनी हालसम्म नेपाल अर्थोपेडिक अस्पताल, वीर अस्पताल र मेडिकेयर अस्पतालमा उपचारका लागि धाइसकेका छन् ।

सबै अस्पतालले करङमा नसाको समस्या भएकाले न्युरो अस्पतालमा डा.उपेन्द्र देवकोटालाई भेट्न सल्लाह दिएपनि तीन वर्षदेखि भेट्न नसकेको दुःखेसो उनको छ ।

ट्राभल्सका सञ्चालक पोखरेल भने दुर्घटनामा चालक नगरकोटी घाइते नै नभएको जिकिर गर्छन । माइक्रोबस समितिका कोषाध्यक्ष दिलबहादुर घिमिरेले चालक घाइते भई करङमा समस्या देखिए पनि उपचार खर्च भएअनुसारको पैसा दिन खोज्दा नमानेको बताए । रासस