
काठमाडौं, असार २० । नेपाल टेलिकमले भूकम्पबाट अतिप्रभावित चार जिल्लाका विभिन्न स्थानमा इन्टरनेट सेवा सन्चालनमा ल्याएको छ ।
नेपाल दूरसन्चार प्राधिकरणले दिएको जिम्मेवारी टेलिकमले तोकिएको समयभन्दा एक महिनाअगावै सम्पन्न गरी सेवा सन्चालनमा ल्याएको पनि जनाइएको छ ।
प्राधिकरणले नेपाल टेलिकमसँग सम्झौता गरी भूकम्पबाट अतिप्रभावित चार जिल्लाका ७४७ सेवा केन्द्रमा २०७५ असार मसान्तसम्म इन्टरनेट सेवा उपलब्ध गराउन जिम्मेवारी दिएको थियो ।
टेलिकमले २०७५ जेठ मसान्तभित्रै तोकिएका सम्पूर्ण सेवा केन्द्रहरुमा उपकरण जडान गरी इन्टरनेट सेवा सन्चालनमा ल्याएको जनाएको छ ।
ग्रामीण क्षेत्रमासमेत दूरसन्चार सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार प्राधिकरणले २०७४ वैशाख २१ मा टेलिकमसँग सम्झौता गरेर ग्रामीण दूरसन्चार विकास कोषको रकम परिचालन गरी सो कार्य सम्पन्न गर्न जिम्मेवारी दिएको थियो ।
टेलिकमले भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक जिल्लाका २१३, काभ्रेपलाञ्चोकका २८९, नुवाकोटका २०५ र रसुवाका ४० स्थानमा सो सेवा सन्चालनमा ल्याएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्