
अमेरिकाको फ्लोरिडा विश्वबिद्यालयका शोधकर्ताहरुले गरेको एक अध्ययनले उच्च वायु प्रदुषण भएको क्षेत्रमा बसोबास गर्ने महिलाहरु स्तन क्यान्सरको उच्च जोखिममा रहेको पुष्टि गरेको हो ।
शोधकर्ताहरुले २ लाख ८० हजार महिलाहरुको ‘मेमोग्राफि स्क्रिनिङ’ गरेका थिए । साथै उनीहरुले ती महिलाहरु बसोबास गर्ने वरिपरीको वातावरणको प्रदुषणका आँकडासमेत अध्ययन गरेका थिए ।
अध्ययनले उच्च वायुप्रदुषण भएको ठाउँका महिलाहरुमा स्तनको आकार बढ्ने, झोल्लिने, अनावश्यक रुपमा ठूलो हुने स्थुल स्तनको समस्या देखिएको शोधकर्ताहरुले उल्लेख गरेका छन् ।
अध्ययनमा भनिएको छ, यसरी अनावश्यक रुपमा स्तनको आकारमा बुद्धि हुनु स्तन क्यान्सरको कारण बन्दछ ।
शोधकर्ताहरुका अनुसार स्तनको आकार ‘मेमोग्राफि’ बाट नापिन्छ, जुन स्तनमा विभिन्न स्नायु तथा पातलो कोषहरुसँगको सम्बन्धवारे थाहा पाउन सकिन्छ ।
ठूलो आकारको स्तनमा ‘फैब्रोग्ल्यान्डउलर’ ९स्तनमा पाइने स्नायु तथा पातालो कोषहरु०को मात्रा धेरै हुने गर्दछ, जुन मेमोग्राफिमा सजिलै देखिदैन् र स्तनमा ट्यूमर जस्तो स(सानो आकारमा रहन्छ । कालान्तर स्तन क्यान्सरको कारण नै यही स(साना ट्युमर जस्तो देखिने गिर्खाहरु बन्ने गर्दछन् ।
अध्ययनमा उल्लेख भएअनुसार वायु प्रदुषणको सम्पर्कमा आउने सामान्य महिलाको स्तन ‘मेमोग्राफि स्क्रिनिङ’मा पिएम २।५ को एकाईभन्दा बढि भएमा स्तन क्यान्सर हुने संभावना चार गुणा बढी हुन्छ । तर, स्थुल स्तन भएको महिलाको हकमा भने स्तन क्यान्सर हुने संभावना २० गुणा बढी हुने गर्दछ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्