
सूर्ति तथा चिनीजन्य पदार्थ, मद्यपान, धुमपान लगायतको न्यूनीकरण तथा वायु प्रदुषण नियन्त्रण गर्ने उद्देश्यका साथ वर्षभर चलाइने अभियानको प्रधानमन्त्री पुष्पकमल दाहालले सुरुवात गरेका हुन् ।
दशरथ रङ्गशालाबाट आयोजित दौड अभियानको प्रधानमन्त्रीले सुरुवात गरेका हुन् ।
अभियानका बारेमा जानकारी गराउँदै स्वास्थ्य मन्त्री गगन थापाले स्वस्थ प्रणाली र सेवाको विकास गर्नु सरकारको दयित्व भएको बताए ।
अभियानका क्रममा सरोकारवाला निकायहरुसंगको सहकार्य प्रवद्र्धन गरिने, उच्च जोखिमयुक्त रोगहरुको पहिचान र रोकथामको लागि प्याकेज निर्माण गर्ने, जनचेतना विस्तारका लागि मोवाईल एप्स शुरु गरिने पनि उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्