११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


‘म स्वस्थ्य, मेरो देश स्वस्थ्य’: २०७४ भरि अभियान


0
Shares

सुर्तीतथा चिनीजन्य पदार्थ, मद्यपान, धूमपानलगायतको न्यूनीकरण तथा वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले २०७४ भरि अभियान सन्चालन गरिन लागेको हो ।

नयाँवर्ष २०७४ को पहिलो दिन शुक्रबार बिहान दशरथ रंगशालाबाट दौड आयोजना गरी सुरु गरिने अभियानबारे जानकारी दिन बिहीबार राधजानीमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य प्रणाली र सेवाको विकास गर्नु सरकारको दयित्व भएको बताए ।

‘कुनैपनि व्यक्ति र परिवार स्वस्थ्य रहनका लागि व्यक्तिगत सचेतना र प्रतिबद्धता पनि उत्तिकै जरुरी छ’ भन्दै मन्त्री थापाले स्वास्थ्य अभियानको उद्देश्य जनचेतना विस्तार गर्नु भएको बताए ।

सो अभियानकाक्रममा सरोकारवाला निकायहरुसँगको सहकार्यलाई प्रवद्र्धन गरिने, उच्च जोखिमयुक्त रोगहरुको पहिचान र रोकथामको लागि प्याकेज निमार्ण गर्ने, जनचेतना विस्तारका लागि मोबाइल एप्स सुरु गर्नेलगायतका कार्यक्रमहरु गरिने जनाइएको छ ।