
नयाँवर्षको उपलक्ष्य पारेर राजधानीको मुटु जमलमा रहेको विश्वज्योती मलमा मोबाइल मार्ट सन्चालनमा आएको हो ।
एकै छानामुनिबाट दर्जन बढी ब्रान्डका मोबाइल बिक्री–वितरण गर्ने लक्ष्यका साथ मोबाइल मार्ट सन्चालनमा आएको हो ।
यसै अवसरमा मार्टले १० दिने मोबाइल महोत्सव पनि सुरु गरेको छ ।
बुधबार एक कार्यक्रम गरी मोबाइल मार्ट तथा महोत्सवको औपचारिक सुरुआत गरिएको हो ।
आधादर्जन बढी ब्रान्डका मोबाइल कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले मार्टको संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
महोत्सवमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने सुविधा ल्याएको आयोजकले जनाएका छन् ।
साथै, महोत्सव अवधिभर निःशुल्क मोबाइल सर्भिसिङका साथै नयाँ मोबाइलको खरिदमा सातदेखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरेको पनि मार्टले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्