
स्वास्थ्यमन्त्री गगनकुमार थापाले विश्व मिर्गौला दिवस (फागुन २६) मा सरकारले मिर्गौला रोगीलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने घोषणा गरेका थिए ।
रासससँग कुरा गर्दै मन्त्री थापाले भने,‘चालु आर्थिक वर्षका लागिमात्र उक्त रकम छुट्याइएको हो । आवको अन्त्यसम्म हुने मिर्गौला प्रत्यारोपणमा अपुग भएको रकम पुनः छुट्याइने छ ।’
सरकारले यसअघि नै मिर्गौला रोगीका लागि निःशुल्क डायलासिस सेवा पनि निःशुल्क गरिसकेको छ ।
निःशुल्क उपचार गर्दा सरकारले आर्थिकभार थेग्न सक्दैन भन्ने टिप्पणीबारे मन्त्री थापाले सरकारले स्वास्थ्यमा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नै बजेट छुट्याउने र स्वास्थ्यकर कोषको रकमपनि स्वास्थ्यमै खर्च गरे समस्या नआउने बताए । रासस
प्रतिक्रिया दिनुहोस्