
अमेरिकी अन्तरीक्ष संगठन (नासा)का सेन किमबोरोका साथ रसियाली स्पेस एजेन्सीका सर्गेइ रिझीकोभ र एन्ड्रेइ बोरिसेन्को सन् २०१६ को अक्टोबरमा अन्तरीक्ष यात्राका लागि छुटेका थिए । उनीहरूको अवतरणको नासा टेलिभिजनले पुष्टि गरेको छ ।
उनीहरूले यात्रा गरेको अन्तरीक्षयान ग्रीनविच समयअनुसार ११ बजेर २० मिनेटको समयमा जेजकाजगान सहरमा अवतरण भएको हो ।
रिझिकोभको यो पहिलो अन्तरीक्ष यात्रा थियो भने पूर्वगल्फवार हेलिकोप्टर चालक किमबोरोको सन् २००८ मा १६ दिन लामो अन्तरीक्ष यात्राको अनुभव थियो ।
त्यसैगरी, बोरिसेन्कोले सन् २०११ मा १६४ दिनको अन्तरीक्ष भ्रमणको अनुभव बनाइसकेका थिए । रासस÷एएफपी
प्रतिक्रिया दिनुहोस्