११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


प्लास्टिकमा आन्द्रा बोक्ने मनबहादुरकोे निःशुल्क उपचार


0
Shares

‘प्लास्टिकको झोलामा आन्द्रा बोकेर हिँड्न बाध्य’ शीर्षकको समाचार देशका विभिन्न सञ्चारमाध्यमले प्रकाशित गरेका थिए । सो समाचार सञ्चारमाध्यममा आएपछि उर्लाबारीका समाजसेवी खड्ग फागोको समन्वयमा नोबेल अस्पतालमा उपचारका लागि ल्याइएको हो ।

राईको त्यस्तो अवस्था देखेपछि नोबेल अस्पताल, विराटनगरका सञ्चालक सुनिल शर्माले निःशुल्क उपचार गरेका हुन् । उनले भने–‘हामीले राईको उपचार निःशुल्क गर्ने भएका छौँ । सञ्चालक शर्माले राईलाई निको पारेर तन्दुरुस्त बनाएर घर पठाउने बताए ।

नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार यो वर्ष अस्पतालले ५०० जना विपन्न अवस्थाका विरामीको निःशुल्क उपचार गरीएको छ । त्यस्तै, ३०० जनाको निःशुल्क शल्यक्रियासमेत गरीएकोे छ ।

तीन वर्षदेखि आन्द्राको अल्सरबाट पीडित राईको बिपी कोइराला मेमोरियल अस्पताल, धरानमा शल्यक्रिया गरिएको थियोे । रु पाँच लाख चन्दा संकलनबाट उनको शल्यक्रिया गरिएपनि आर्थिक अभावमा पूर्ण शल्यक्रिया भने हुन सकेको थिएन । रासस