११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन हुने


0
Shares

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् २७ औं वर्षमा प्रवेश गरेको अवसरमा ‘दिगो विकास लक्ष्यमा स्वास्थ्यः के हामी सही मार्गमा छौं ?’ भन्ने नाराका साथ सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा स्वास्थ्य र जनसंख्याका विविध विषयमा छलफल हुने जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको तेस्रो शिखर सम्मेलन आयोजक समितिले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी सम्मेलनमा ६३ वटा अनुसन्धानमुलक क्षेत्रका बारेमा छलफल हुने जनाएको हो । एक हजार भन्दा बढी स्वास्थ्य तथा जनसंख्या क्षेत्रका विज्ञहरुको सहभागीता रहने सम्मेलनमा पोषण तथा बालस्वास्थ्य, यौन तथा प्रजनन् र किशोर किशोरीको स्वास्थ्य तथा मानसिक स्वास्थ्य लगायतका विषयहरुमा परामर्श हुनेछ ।

सम्मेलनका निश्कर्षहरुले सरकारलाई नीति निर्माणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।