११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


एम्बुलेन्स खरिद गर्न रेडक्रसलाई रु १० लाख


0
Shares

सिन्धुलीको स्टल बजारमा संगम होटल सञ्चालन गर्दै आएका बेलबहादुर बसेलले आमाबुबाका नाममा एम्बुलेस खरिदगर्न रेडक्रसलाई रु १० लाख सहयोग गरेका हुन् ।

सिन्धुलीमाढीमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सभाको ४६ औं महाधिवेशनको उद्घाटनको अवसरमा बसेलले सभामुख ओनसरी घर्तीमार्फत जिल्ला सभापति अशोक श्रेष्ठलाई चेक हस्तान्तरण गरेको हो ।

चेक हस्तान्तरणपछि सभामुख घर्तीले भनिन् ‘नेपालमा केही त्यस्ता व्यक्ति छन् जोसँग अरबौं रुपियाँ भएपनि उनीहरुसँग सहयोगी मन छैन । बेलबहादुर बसेलले सामाजिक हितकालागि गरेको यो सहयोगप्रति धन्यवाद व्यक्त गर्दै उच्च मूल्यांकन गर्दछु ।’

मानवीय हितका लागि सहयोग गर्नु सौभाग्यको विषय भएको उनले बताइन् ।

रकम हस्तान्तरणमा दाता बसेलले पिता हर्कबहादुर डाँडीगुराँसेमा एम्बुलेन्सको अभावमा समयमा नै उपचार नपाएपछि २०५६ साल फागुन ५ गते संसार छाडेर जानुभएकोले सहयोग गरेको बताए ।

‘एक गरिब परिवारमा हुर्केको र हलो जोतेर आफूलाई हुर्काउनकालागि सहयोग गर्ने पिता र आफू भोकै बसेर आफूलाई आहारा खुवाउने माताको नाममा एम्बुलेन्स किन्न सहयोग गर्न पाउँदा आज उहाँको आत्माले शान्ति पाएको महसुस गरेको छु’ उनले भने । रासस