
हाल ८ जिल्लामा सन्चालन भइरहेको कार्यक्रमलाई छुट्याइएको रकम भने खर्च हुन सकेको छैन ।
आमनागरिकलाई स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउन गत वर्षदेखि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमलाई छुट्याइएको १० प्रतिशत रकममात्र खर्च भएको छ ।
स्वास्थ्य बीमा कार्यक्रमलाई यस वर्ष २ अर्ब ५० करोड रुपैयाँ रकम छुट्याइएको थियो, जसमध्ये १० प्रतिशतमात्र रकम खर्च भएको हो ।
रोग लागेर कसैले पनि अकालमा नै ज्यान गुमाउनु नपरोस् भनी सामाजिक स्वास्थ्य सुधार विकास समितिबाट सुरु गरिएको कार्यक्रमबारे जनचेतनाको अभावका कारण कार्यक्रम प्रभावकारीरुपमा सन्चालन हुन नसक्दा छुट्याइएको रकम खर्च हुन नसकेको कार्यक्रम प्रमुख डा. गुणराज लोहनीले बताएका छन् ।
पाँचजनाको परिवारले स्वास्थ्य बीमाबापत वार्षिक २५ सय जम्मा गरेमा वार्षिक ५० हजारसम्मको स्वास्थ्य उपचार निःशुल्क पाउने व्यवस्था छ ।
हालसम्म ४५ हजार २ सय ७७ मानिसले स्वास्थ्य बीमाको सदस्यता लिएका छन् भने ६ हजार ६७ जनालेमात्र ५० हजार बराबरको उपचार गराइसकेका छन् ।
स्वास्थ्य बीमाको महत्वबारे विश्वास दिलाउनै समस्या भएका कारण उल्लेख मात्रामा सदस्यता बनाउन समस्या भएको डा. लोहनी बताउँछन् ।
पहिलो चरणमा कैलाली, बाग्लुङ र इलाम जिल्लाबाट सुरु भएकामा हाल बैतडी, अछाम, पाल्पा, म्याग्दी र कास्की जिल्लामा कार्यक्रम सन्चालन भइरहेको छ ।
आगामी दुई वर्षभित्रमा ७५ जिल्लामा नै कार्यक्रम सन्चालन गर्ने स्वास्थ्य बीमा कार्यक्रमले जनाइएको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्