११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


‘झारफुकमा लाग्दा सुत्केरीको ज्यान गयो’


0
Shares

मृत्यु हुनेमा दुईखोली गाउँपालिका–७ कुरेलीका २० वर्षीया बिमला रोका रहेको जिल्ला अस्पताल रोल्पाले जनाएको छ ।

सुत्केरी व्यथा लागेको तीन÷चार दिनसम्म गाउँमा धामी झाँक्रीले झारफुक गर्दा सञ्चो नभएपछि बिमलालाई अस्पताल ल्याइएको थियो । उपचारकालागि अस्पताल ल्याउँदा आमा बेहोस तथा पेटमा भएको शिशुको ज्यानसमेत गइसकेको जिल्ला अस्पतालका सिनियर अहेव कुलबहादुर डाँगीले बताए ।

गर्भावस्थामा हुने ‘इक्लाम्प्सिया’ को कारणले आमाको मृत्यु भएको अहेव डाँगीले जानकारी दिए । ‘समयमै बिरामीलाई स्वास्थ्य संस्थामा पुर्‍याएको भए बचाउन सकिन्थ्यो’– उनले भने ।

जिल्लाका सबै स्वास्थ्य केन्द्रमा ‘बर्थिङ सेन्टर’को सुविधा रहेको तथा जिल्ला अस्पतालमासमेत शल्यक्रिया सेवा उपलव्ध भए पनि चालू आवमा दुई गर्भवतीको ज्यान गएको जिल्ला अस्पतालले जनाएको छ । रासस