
मन्त्रालय र विश्व स्वास्थ्य संगठनले बुधबार राजधानीमा गरेको कार्यक्रममा मन्त्रालय र डब्ल्युएचओका पदाधिकारीहरुले राजधानीका ६ ओटा मुख्य अस्पतालहरुमा ती सामग्री भन्डारण गरिएको बताएका हुन ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, सिभिल अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, पाटन अस्पताल र भक्तपुर अस्पतालमा सय/सयजनालाई पुग्नेगरी सामग्री राखिएको स्वास्थ्य मन्त्रालयका प्रतिनिधि डा. भोलाराम श्रेष्ठले जानकारी दिए ।
यसैबीच, विश्व स्वास्थ्य संगठनले आपत्कालीन अवस्थाका लागि आवश्यकपर्ने मेडिकल किट, सर्जिकल किट, इअर कन्डिसनर, जेनेरेटर, सजिकल सप्लाइ किट, टेन्ट ड्रेसिङ किटलगायतका सामग्री हस्तान्तरण गरेको छ ।
आपत्कालीन अवस्थामा काम गर्ने विषयमा कर्मचारीलाई तालिमसमेत दिइसकेको पनि मन्त्रालयले जनाएको छ ।
राजधानीबाहिरका २५ ओटा अस्पतालमा पनि यस्तो सेवा विस्तार गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्