७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


टेलिकमबाट सेवाग्राहीलाई ‘ब्यालेन्स लोन’


0
Shares

टेलिकम र हङकङस्थित टियक्साको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रालिबीच यही चैत ६ गते सोबारे सम्झौता भई मंगलबार (आज) सार्वजनिक गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।

सम्झौतानुसार उपभोक्तालाई कम्पनीको जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै सकिएको ब्यालेन्समा लोन रकम उपलब्ध हुनेछ ।

कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त सम्झौतापत्रमा टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र हेमन्त ट्रेड सेन्टरका तर्फबाट निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरेको टेलिकमद्वारा मंगलबार (आज) जारी विज्ञप्तिमा उल्लेख छ ।

सो सुविधा प्रयोग गरेबापत थप कुनै रकम वा अन्य कुनै शुल्क नलिई उपभोक्तालाई ऋण उपलब्ध हुने र रिचार्जपछि उपलब्ध हुने ब्यालेन्सबाट कट्टा हुनेछ । सम्झौतानुसार सो सुविधा सम्झौता भएको मितिले पाँच महिनाभित्र सञ्चालन गरिने उल्लेख गरीएको छ । रासस