
भैरहवा, असार २१ । बुद्ध जन्मस्थल लुम्बिनीमा २ दिने राष्ट्रिय युवा सम्मेलन हुने भएको छ ।
शान्ति र विकासको लागि युवा नेतृत्व नारासहित असार २२ र २३ गते देशका ७७ जिल्लाकै प्रतिनिधिको सहभागितामा राष्ट्रिय स्तरको सम्मेलन हुन लागेको हो ।
ग्रीन युथ अफ लुम्बिनीको आयोजना र लुम्बिनी साँस्कृतिक नगरपालिका एवम् लुम्बिनी विकास कोषको सह–आयोजनामा सम्मेलन हुन लागेको हो ।
करिब २ सय युवा युवतीहरुको सहभागितामा हुने सम्मेलनमा युवा र अविष्कार, युवा समवेदना उत्प्रेरणा र उद्यम सरकारमा युवाहरुको सक्रियता, नेतृत्व तथा अन्र्तराष्ट्रिय साझेदारी लगायतका बिषयमा चर्चा गरिने आयोजकले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्