७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


आतंककारीसँग सम्बन्धित ६ लाख ट्वीटर एकाउन्ट बन्द


0
Shares

१८ महिनाको अवधिमा आतंककारीसँग सम्बन्धित शंकास्पद ६ लाख ट्वीटर एकाउन्ट बन्द गरिएको हो ।

प्रविधिको क्षेत्रमा काम गर्दै आएको सिएनईटीले प्रकाशित गरेको एक रिपोर्टमा ट्वीटरले १ अगष्ट २०१५ देखि हालसम्ममा ६ लाख ४० हजारभन्दा बढी आतंककारीसँग सम्बन्धित शंकास्पद एकाउन्ट खारेज गरेको जनाएको हो ।

जसमा सन २०१६ को ६ महिनाभित्र ३ लाख ७७ हजार एकाउन्ट बन्द गरिएको थियो । सन २०१६ को सुरुमै ट्वीटरले आतंककारी संगठन इस्लामिक स्टेटको १ लाख २५ हजार एकाउन्ट बन्द गर्ने घोषणा गरेको थियो ।

आफू आतंकवादको विरोधमा रहेको भन्दै ट्वीटरले हिंसाको प्रचारविरूद्ध कडा नियम बनाई काम भइरहेको जनाएको छ । (एजेन्सी)