११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


स्वास्थ्यमन्त्री थापाद्वारा गौरमा सन्चालित निःशुल्क स्वास्थ्य शिविरको निरीक्षण


0
Shares

निरीक्षणकाक्रममा उनले अस्पतालबाट चाहिने सामग्रीको तथ्यांक माग गर्दै जिल्ला अस्पतालमा स्थायी मेडिकल अधिकृत र एकजना बालरोग विशेषज्ञको व्यवस्था गरिने बताए ।

उनले प्रसूतिगृहको उचित व्यवस्थासहित आकस्मिक शल्यक्रिया सेवा पनि जिल्ला अस्पतालबाटै हुने व्यवस्थाका लागि पहल गरिने बताए ।

सो अवसरमा जिल्ला अस्पताल गौरबाट सेवा प्रभावकारी हुन नसकेका कारण शिविरमा उपचार गराउनेको संख्या धेरै भएको स्थानीय वासिन्दाले स्वास्थ्यमन्त्री थापासमक्ष गुनासो गरेका थिए ।

उक्त शिविरमा बिहीबारसम्म स्वास्थ्य परीक्षण गर्नेको संख्या १ हजार १ सय ७५ पुगेको छ । जसमा महिला ६ सय ५९ र पुरुष ५ सय १६ जना रहेका छन् । २० जनाको सघन शल्यक्रिया गरिएको नेपाली सेनाले जनाएको छ ।