९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


नेपाली युवाले ल्याए सीसी क्यामेरालाई नै चुनौती दिने प्रविधि


0
Shares

ताप्लेजुङ, फागुन १५ । ताप्लेजुङका एक युवाले सीसी क्यामेरालाई नै चुनौती दिने प्रविधिको विकास गरेका छन् ।

मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका पूर्णकुमार लंवा लिम्बूले अटो सेक्यूरिटी सिस्टम नाम दिएर तयार गरेको यो प्रविधिले सेन्सरका माध्ययमबाट एकै साथ फोटो र भिडियो लिनुका साथै मोबाइलमा फोन जानेसम्मको काम गर्छ ।

घरको ढोका या कुनै प्रवेशद्वारमा जडान गरेर राख्न सकिने यो प्रविधिले कोही मानिस ढोकाबाट भित्र प्रवेश गर्नासाथ फोटो र भिडियो कैद गर्न सुरु गर्छ भने मोबाइलमा फोनसमेत डायल हुन्छ । जुन नम्बर सेटिङ गरेर राखिएको हुन्छ त्यही नम्बरमा फोन डायल हुन्छ । ढोकाबाट बाहिर निस्किएपछि उक्त प्रविधि निष्क्रिय हुन्छ ।

मोबाईल सेट, मोबाइलकै क्यामेरा र रेडियोलगायतका पार्टस् जडान गरेर सेन्सरसहितको उक्त प्रविधि तयार गर्न झन्डै एक महिना समय लागेको लंवाले बताए । यस अघि उनले अटो पावर अन अफ नामक प्रविधि तयार गरेका थिए ।