११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


रौतहटमा साताव्यापी निःशुल्क स्वास्थ्य शिविर सन्चालन


0
Shares

गौरमा सन्चालित शिविरमा उपचार गराउन आउनेको भीड लागेको छ । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाले संयुक्तरुपमा सन्चालन गरेको शिविरमा दक्ष चिकित्सकसहितको टोलीले सेवा दिइरहेको छ ।

स्तरीय उपचार पाइने आशामा रौतहटसहित बारा, सर्लाही र छिमेकीमुलुक भारतका बिरामीसमेत शिविरमा आएका छन् ।

शिविरमा रोगको पहिचानदेखि शल्यक्रियासम्मको सेवा उपलब्ध गराइएको नेपाली सेनाका महासेनानी उदयराज बज्राचार्यले जानकारी दिए ।

हाइड्रोसिल, हर्निया, पत्थरी, एपेन्डिक्स, महिलाको आङ खस्ने, स्तनको गाठो, दाँत, चर्म रोगलगायतको उपचार र निःशुल्क औषधि वितरण गरिएको छ ।

शिविर सन्चालनको पहिलो दिन नै मंगलबार करिब ८०० जनाले सेवा लिएको जनाइएको छ ।

चैत १४ गतेसम्म सन्चालन हुने शिविरमा चिकित्सकसहित १५० जना स्वास्थ्यकर्मी खटिएका छन् ।