८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


भूकम्प आउनुपूर्वको संकेत दिने प्रविधिको विकास गरेको वैज्ञानिकहरुको दाबी


0
Shares

काठमाडौं, असार २१ । आइसल्यान्डका वैज्ञानिकहरुले फाइबर अप्टिक तार सञ्जालको माध्यमबाट भूकम्पीय तरंगहरुको सफलतापूर्वक आँकलन गर्नसक्ने प्रविधिको विकास गरेका छन् ।

जसलाई विश्वभर लागू गर्नसकिने वैज्ञानिकरुहरुको दाबी छ ।

इन्टरनेट र टेलिभिजन सेवा प्रवाहका लागि प्रयोग गरिने फाइबर अप्टिक तारको सञ्जाल जमिनमा कम्पन भएपछि संवेदनशील हुने र यसले भूकम्प आउने पूर्वसंकेत दिने वैज्ञानिकहरुको भनाइ छ ।

आइसल्यान्डका वैज्ञानिक डा. फिलिप जोसेट नेतृत्वको टोलीले हालै गरेको अनुसन्धानबाट यो प्रविधि पत्ता लागेको हो ।

यो प्रविधिमार्फत् पहिलोपटक इन्डोनेसियामा गएको भूकम्पको तरंग पत्ता लागेको जनाइएको छ ।

अहिले संवेदनशील स्थानहरुमा जडान गरिने सिस्मोमिटर यन्त्रको सहायताले भूकम्पको मापन गर्ने गरिएको छ । (एजेन्सी)