९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


‘बाहुबली–२’ को ट्रेलर सार्वजनिक, कटप्पामाथि नै बाहुबलीको विश्वास ! (भिडियो)


0
Shares

बिहीबार युट्युवमा ट्रेलर सार्वजनिक गरिएको हो । यसका अतिरिक्त दक्षिण भारतका तीन सय सिनेमाघरमा पनि बिहीबारबाटै यो ट्रेलर प्रदर्शन गरिएको छ ।

युट्युवमा यो चलचित्रको ट्रेलरले निकै लोकप्रियता पाएको छ । ट्वीटरमा पनि ‘बाहुबली–२’ को ट्रेलरले राम्रो ‘ट्रेन्ड’ गरिरहेको छ । ट्रेलर सार्वजनिक भएको केही घण्टामै यसका दर्शकको संख्या झण्डै चार लाख पुगेको छ ।

समग्रमा दर्शकहरुले ट्रेलरको निकै प्रशंसा गरेका छन् । ट्रेलरमा बाहुबलीको एउटा संवाद निकै घतलाग्दो र रोचक मानिएको छ । बाहुबलीले कटप्पालाई भनेका छन्, ‘जबसम्म तपाई मेरो साथ हुनुहुन्छ, मलाई मार्ने मान्छे जन्मिने छैन मामा !’

चलचित्रको पहिलो शृंखलाको अन्त्यमा कटप्पाकै हातबाट बाहुबली मारिएको देखाइएको थियो । तर तिनै कटप्पामाथि बाहुबलीले यति विश्वास गरेको दृष्यलाई ट्रेलरमा देखाएपछि दर्शकमा कौतुहलता अझ बढेको छ– ‘आखिर कटप्पाले बाहुबलीलाई किन मारे ?’

रहस्य जान्नका लागि पनि बाहुबली–२ हेर्नैपर्ने हुन्छ दर्शकलाई । किनभने चलचित्रको निर्माण पक्षले यो रहस्यलाई निकै गोप्य राखेको छ, जो २८ अप्रिलमा चलचित्र प्रदर्शन भएपछिमात्र सार्वजनिक हुनेछ ।

हेर्नुहोस् बाहुबली–२ को ट्रेलर