११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


जिल्ला अस्पतालमा उपचार सेवा विस्तार, बिरामीलाई सहज


0
Shares

यसअघि सिमित रोगको मात्र उपचार हुने गरेकोमा पछिल्लो समयमा अस्पतालको सेवामा विस्तार भएसँगै बिरामीलाई सहज भएको हो ।

बागलुङ, पोखरा, चितवन, काठमाडौं लगायतका ठाउँमा पुगेरमात्र गर्न पाइने उपचार म्याग्दी जिल्ला अस्पतालमै उपलब्ध भएपछि स्थानीयलाई राहत भएको छ ।

जिल्ला अस्पताल म्याग्दीमा शल्यक्रियामार्फत गरिने प्रसुति, हाडजोर्नी, सर्जरी, एनआरटी र पिएमटिसिटी लगायतका नयाँ विशेषज्ञ सेवा सुविधा थपिएका छन् । अस्पतालमा नयाँ सुविधा थपिने क्रमसँगै जिल्लावासीको उपचारमा सहज पहुँच पुग्नुका साथै आर्थिक र समयको समेत बचत भएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।