
आलिया बलिउड फिल्म क्षेत्रमा कम उमेरमा सफलता हासिल गर्ने सुन्दरी नायिका हुन् ।
सानै उमेरमा बलिउडमा सफलता चाखेकी आलियाले सबैभन्दा पहिले ‘संघर्ष’ फिल्ममा बालकलाकारकोरुपमा ‘डेब्यु’ गरेकी थिइन् ।
त्यसपछि आलिया करण जोहरको ‘स्टुडेन्ट अफ द इअर’ फिल्ममा पहिलोपटक मुख्य भूमिकामा देखिएकी थिइन् ।
उनले अहिलेसम्म अभिनय गरेको अधिकांश फिल्म सफल भएका छन् । अभिनेता शाहिद कपुरसँग भने उनको जोडी फापेन । आलियाको करिअरमा फिल्म ‘उड्ता पन्जाब’ सबैभन्दा झुर सावित भयो । आलियाले खेलेको उड्ता पन्जाबबाहेक सबै फिल्म बलिउडमा हिट भएका छन् ।
अलियाले अहिलेसम्म संघर्ष, स्टुडेन्ट अफ द इअर, उड्ता पन्जाबसहित ‘हाइवे’, ‘टु स्टेट्स’, ‘हम्पी शर्माकी दुल्हनिया’, ‘अग्ली’, ‘सान्दार’, ‘कपुर एन्ड सन्स्’, ‘ए दिल हे मुस्किल’, ‘डियर जिन्दगी’ र ‘बद्रिनाथकी दुल्हनिया’सम्म १२ ओटा फिल्म खेलिसकेकी छन् ।
त्यस्तै, ‘गोइङ होम’ नामक फिचर फिल्मचाँहि उनी आफैंले बनाएकी थिइन् । उनले हम्पी शर्माकी दुल्हनिया फिल्ममा गीतसमेत गाएर गयिकाकोरुपमा आफूलाई उभ्याइसकेकी छन् ।
आलियाले अहिलेसम्म दुई दर्जनभन्दा बढी ‘फिल्मफेयर’मा मनोनीत भएर १० ओटा अर्वाड हात पारिसकेकी छन् ।
त्यस्तै, ‘टाइम्स अफ इन्डिया’को ‘मस्ट डिजायरवल वमेन’को सूचीमासमेत परिसकेकी छन् ।
उड्ता पन्जाब र हाइवेजस्ता फिल्ममा आलिया फरक भूमिकामा देखिएकी थिइन् । उनको यो भूमिकालाई सबैले प्रशंसा गरेका थिए ।
अचम्मको कुरा के भने उनले आफ्नै बाबु बलिउडकै चर्चित फिल्म निर्देशक महेश भट्टको फिल्ममा अहिलेसम्म खेलेकी छैनन् । अर्को उनको ‘सेक्रेट’ कुरा भनेको उनले बेलायतको नागरिकता लिएकी छन् । यसकारण उनी भारतीय नागरिक भने होइनन् ।
उनी अहिले अभिनेता सिद्धार्थ मल्होत्राको साथ ‘रिलेसनसिप’मा रहेको भारतीय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्