७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


यस्तो छ टेलिकमको नयाँ अफर


0
Shares

नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले मंगलबार प्रेस विज्ञप्ति जारी गरी कम्पनीको प्रमोसनल अफरअन्तर्गत् उपलब्ध गराइएको यो सहुलियत अफर बुधबार (फागुन २५) गतेदेखि तीन महिनासम्म कायम रहने उल्लेख छ ।

अफरअन्तर्गत् फेसबुक प्याकेज, डे एन्ड नाइट डाटा प्याकेज र नाइट डाटा प्याकेज रहेका छन् ।

फेसबुक प्याकेजअन्तर्गत् २२ रुपैयाँ ६० पैसामा पाँच दिनसम्म २४ घन्टा उपभोग गर्न पाउने गरी १०० एमबी डाटा उपलब्ध गराइएको छ ।

डे एन्ड नाइट डाटा प्याकेजअन्तर्गत् १०० रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म ५०० एमबी र बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म १०० एमबी डाटा सात दिनसम्म उपभोग गर्न पाइने बताइएको छ ।

नाइट डाटा प्याकेजअन्तर्गत् ४५ रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म ५०० एमबी सात दिनसम्म र ९० रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म १२०० एमबी डाटा १५ दिनसम्म उपभोग गर्न पाइने विज्ञप्तिमा उल्लेख छ । रासस