१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


उपराष्ट्रपति पुन अस्पताल भर्ना, अवस्था बुझ्न पुगे प्रधानमन्त्री


0
Shares

विगत चार दिनदेखि रिंगटा लाग्ने, बान्ता आउने, ज्वरो आउने समस्या रहेको र निवासमै उपचार गर्दा समस्या कम नभएपछि आइतबार राति उपराष्ट्रपति पुनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

प्रधानमन्त्री दाहाल सोमबार अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाकाबारेमा चासो लिएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए ।

उपराष्ट्रपतिको उपचारमा डा. मधु घिमिरे र डा. शिवजीविक्रम सिलवाल संलग्न छन् ।

चिकित्सकले उनको शरीरमा सोडियम र पानीको मात्रासमेत कम देखिएको बताएको प्रेस संयोजक घर्तीले उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले उपराष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गरेका थिए ।

यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले पनि अस्पताल पुगेर उपराष्ट्रपतिको स्वास्थ्यलाभको कामना गरेका छन् ।

चिकित्सककाअनुसार हाल उपराष्ट्रपतिको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । रासस