
सोमबार राति होटल सांग्रिलामा सम्पन्न फाइनल प्रतिस्पर्धामा अञ्जनाले ईमेज लोक कलाकारको उपाधि हात पारेकी हुन् ।
यस्तै, पब्लिक च्वाइसतर्फको अवार्ड भने स्याङ्जाका नरबहादुर रानामगरले जितेका छन् ।
ईमेज च्यानलले विगत ६ महिनादेखि देशभरका लोक कलाकारहरुमाझ लोक कलाकारको प्रतिस्पर्धा सन्चालन गर्दै आएको थियो ।
सयौं प्रतिस्पर्धीमध्येबाट उत्कृष्ट पाँचजना फाइनलमा पुगेका थिए ।
पब्लिक च्वाइसतर्फ स्याङ्जाका नरबहादुर रानामगर पहिलो भएका हुन् । उनले १ लाख ४० हजार बढी मत प्राप्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्