
गाउँघरमा लोकगीतको कमी हुँदैन । नत त्यसलाई भाकामा उतार्ने कलाकारको नै कमी हुन्छ । कमी हुन्छ त केवल अवसरको । सबैले अवसर पाएका हुँदैनन् ।
स्थापनाकालदेखि नै गीत संगीतको प्रवद्र्धन र प्रचारप्रसारमा आफ्नो योगदान गर्दै आएको इमेज च्यानलले गाउँघरमा छरिएर रहेका लोकभाका र कलाकारलाई प्रष्फुटन गराउने उद्देश्यकले ‘इमेज लोक कलाकार’ नामक प्रतियोगिता गर्दै आएको छ ।
करिब ६ महिना अघि लोक भाका र कलाकार खोजी गर्ने उद्देश्यले सुरु गरेको यो अभियान अन्तिम चरणमा पुगेको छ । देशका विभिन्न भागका गरिएका अडिसन मार्फत आफ्नो भाग्य निर्धारण गर्न आइपुगेका थुप्रै इमेज च्यानलको लोक कलाकार मञ्चमा टिकिरहन, आफूलाई अब्बल बनाउन कुनै कसर बाँकी राखेनन् ।
तर पनि सबै अब्बल रहन सक्दैनन् । प्रतिश्पर्धीबीचबाट पनि कोही सर्वश्रेष्ठ छान्नैपर्ने प्रतियोगिताको नियम नै हो । त्यसैले अन्तिम चरणमा पुगेका पाँच प्रतिश्पर्धीमध्येबाट सर्वश्रेष्ठ लोक कलाकार सोमबार चयन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्