९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


गायक विमल भन्छन्: ‘मायाको कुरा भन्न नसके आँखाको इशारा कसरी बुझ्ने ?’ (भिडियो हेर्नुहोस)


0
Shares

वास्तवमा मनमा चाहाना हुँदाहुँदै प्रेम प्रस्ताव राख्न कति असहज हुन्छ भन्ने वास्तविकता एउटा गीतले प्रष्ट पारिदिएको छ ।

नेपाली संगीत आकाशमा उदाउँदै गरेका पुर्वेली गायक विमल गौतमको “गर्न सकिन मायाका कुरा” गीतको म्यूजिक भिडियोले यस्तै भाव ब्यक्त गरेको छ ।

विमलको सार्वजनिक भएको म्युजिक भिडियोमा उनले मनका कुरा ब्यक्त नसकेको र आफ्नो मायाँको प्रस्ताव आँखाको भाकाले बुझिदिन आग्रह गरेका छन् ।

उक्त गीत २ वर्ष अघि नै रेकर्ड भएको भए पनि हालै मात्र म्युजिक भिडियो रिलिज गरिएको छ ।

prem

गीतमा डि आर को शब्दलाई संगीतकार डेनी निरौलाले संगीत भरेका छन् । ढकाल फिल्मस्‌को ब्यानरमा निर्माण गरिएको उक्त म्युजिक भिडियोको नारायण ढकालले निर्देशन गरेका छन् ।

म्यूजिक भिडियोमा प्रताप, सुमन, सलिना, सबिना लगायतले अभिनय गरेका गरेका छन् ।

इलाम मंगलवारेको संगीतमय परिवारमा जन्मिएका विमलले यस अघि नै करीव एक दर्जन गीतमा स्वर दिईसकेका छन् । उनको “घरबेटी बा” भन्ने गीतले यस अघि नै चर्चा कमाईसकेको छ ।