
अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले सोमबार हामीसँग कुरा गर्दै अबको दुई महिनामा यो सेवा सुचारु गरिने जानकारी दिए ।
वीरले डायलाइसिस सेवा सुरु गरेको २५ वर्षपछि आइसीयुमा हेमोडायलाइसिस सेवा प्रदान गर्न लागिएको हो ।
रोटरी इन्टरनेसनलको ९० प्रतिशत सहयोगमा सुुरु गरिने सेवामा ९ ओटा डायलाइसिस मेसिन र कलेजोका बिरामीका लागी आवश्यकपर्ने ‘फाइब्रोस्कान’ मेसिन ल्याउने सम्झौता भएको छ । सो मेसिनको लागत दुई करोड रुपैयाँ भएको जनाइएको छ ।
त्यस्तै, हेमोडायलाइसिस मेसिन आएपछि दुईओटा आइसीयु र सातओटा नियमित डाइलेसिसका लागि प्रयोग गर्ने गर्ने जनाइएको छ ।
हेमोडायलाइसिस मेसिन नहुँदा बिरामीलाई अरु अस्पतालमा पठाउनुपरेको गुनासो उनले गरे ।
हेपाटाइटिस बी, सी र एचआइभी/एड्सका लागि दिइने यो सेवा सरकारी अस्पतालमा पहिलोपटक सन्चालन हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्