१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


सुत्केरीको मृत्युपछि भरतपुर अस्पतालमा तनाव


0
Shares

अस्पतालको लापरबाहीले महिलाको मृत्यु भएको भन्दै पीडित परिवारले प्रदर्शन गरेपछि तनाव सिर्जना भएको हो । अहिले सो विषयमा छलफल भइरहेको छ ।

सम्भावित घटना हुनसक्ने भन्दै अस्पतालमा प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक दीपक थापाले बताए ।

प्रहरीकाअनुसार गोरखा, ११ किलोका विष्णु श्रेष्ठकी श्रीमती ३४ वर्षीया विमलालाई यही माघ २६ गते सुत्केरी गराउन भरतपुर अस्पताल ल्याइएको थियो । छिमेकी कमल बस्यालकाअनुसार उनको शुक्रबार (हिजो) बिहान शल्याक्रियामार्फत् बच्चा निकालिएको थियो ।

दिउँसोबाट बिरामीको अवस्था गम्भीर बन्दै गएपछि साँझ पुनः शल्यक्रिया गरिएको पीडित परिवारको भनाइ छ ।

शुक्रबार राति नै सुत्केरीको मृत्यु भएपछि विमलाका आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै प्रदर्शन गरेका थिए ।

अस्पतालका चिकित्सक र नर्सले बेवास्ता गर्दा अत्यधिक रक्तस्राव भइ सुत्केरीको मृत्यु भएको आफन्तको आरोप छ । रासस