
फाइल फोटो
हिरासतमै राखेर अनुसन्धानका गर्न प्रहरीलाई काठमाडौं जिल्ला अदालतले विहीबार समय दिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को हिरासतमा रहेका खत्रीलाई यसअघि काठमाडौं जिल्ला अदालतले नै अनुसन्धानका लागि चार दिन म्याद दिएको थियो ।
उक्त अवधिमा अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय मागेकोमा अदालतले १० दिन समय दिएको हो ।
गत महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन भित्र्याउन सहयोग गरेको आरोपमा एसएसपी खत्री पक्राउ परेका हुन् ।
विमानस्थलमार्फत् सुन भित्र्याउन तस्करहरुलाई सघाएको आरोप खत्रीलाई लगाइएको छ ।
सीआइबीले खत्रीलाई २३ गते प्रहरी मुख्यालय नक्सालबाटै पक्रेको थियो । खत्री सुन तस्करीको समयमा विमानस्थलमा कार्यरत् थिए । सो घटनालगत्तै खत्रीलाई प्रहरी मुख्यालय तानिएको थियो ।
प्रहरीले यसअघि विमानस्थल भन्सारमा कार्यरत् तीनजना कर्मचारीलाई पनि पक्रिसकेको छ ।
गत पुस २१ गते दुबई विमानस्थल हँुदै ल्याइएको ३३ किलो सुनसहित सीआइबीले तीनजनालाई नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्