१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


स्वास्थ्य केन्द्रमा उपकरण खरिदका लागि मन्त्रालयले छुट्टायो रु ९६ करोड


0
Shares

सबै प्राथमिक स्वास्थ्य केन्द्रमा उपकरण, औषधि र स्वास्थ्यकर्मीको व्यवस्था गर्ने प्रतिबद्धताअनुरुप आगामी चार महिनाभित्र सबै स्वास्थ्य संस्थामा उपकरण उपलब्ध गराउन अहिले रु ९६ करोड उपकरण खरिदका लागि छुट्याइएको स्वास्थ्यमन्त्री गगनकुमार थापाले जानकारी दिए ।

उनले सबै २०१ प्राथमिक स्वास्थ्य केन्द्रको भवन, चिकित्सक, औषधि र उपकरणको अवस्था अध्ययन गर्न र निर्देशन दिएका थिए ।

सोही अध्ययनका आधारमा सबै स्वास्थ्य केन्द्रमा विभिन्न उपकरण आवश्यक देखिएपछि मन्त्रालयले उपकरण खरिद गरी प्रदान गर्ने भएको हो । (रासस)