
मंगलबार राति ११.३० बजे घोडाघोडी नगरपालिका–१ रामपुरका बाबु राजमली रोकायको खुकुरी प्रहारबाट उनका ४३ वर्षीय छोरा कर्ण रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बाबु–छोराबीच जग्गाको विषयमा विवाद हुँदा बाबुले प्रहार गरेको खुकुरीबाट छोरा घाइते भएका थिए ।
घाइते छोरालाई उपचारको लागि घोडाघोडी अस्पताल पु¥याइएको थियो भने घोडाघोडी अस्पतालले थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाउँदा उपचारकैक्रममै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाबु रोकायलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
मृत फेला
कैलालीको अत्तरिया नगरपालिकाको राजमार्गबाट करिब २० मिटर उत्तरतर्फ एकजना मृत अवस्थामा फेलापरेका छन् ।
मृत अवस्थामा फेलापरेका ३३ वर्षीय रमेश ऐरको कुनै घाउ चोट नरहेको र मुखबाट बान्ता गरेको अवस्थामा शव फेलापरेको प्रहरीले जनाएको छ ।
मृतक ऐरको सेती अञ्चल अस्पतालमा शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्