९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


तेस्रोलिङ्गी/समलिङ्गीहरुका विषयमा चलचित्र निर्माण हुने


0
Shares

   नमूना तस्विर

यसअघि यौनिक अल्पसंख्यकका विषयमा केन्द्रित भएर ‘सुनगाभा’ नामक चलचित्र निर्माण भएको थियो । उक्त चलचित्र अन्तर्राष्ट्रिय फिल्म फेष्टिबलमा पनि पुगेको थियो ।

‘डाइङ क्यान्डल’ का निर्देशक समेत रहेका केसी भने,‘मैले अमेरिकामा बसेर पढिरहेका बेला नै यौनिक अल्पसंख्यकका विषयमा चलचित्र निर्माण गर्न स्क्रिप्ट तयार गरेको थिएँ ।’

नेपालका लैङ्गिक अल्पसंख्यक विषयको अनलाईन पत्रिका ‘पहिचना डटकम’का अनुसार समाजमा लुकेर बसेका मौलिक विषयमा आफ्ना चलचित्रको मुख्य विषय हुने भन्दै उनले समलिंगी तेस्रोलिंगीको विषय पनि नेपालका लागि मौलिक विषय हुने बताए ।

अहिलेसम्म चलचित्रमा समलिंगी सम्बन्ध र तेस्रोलिंगीलाई प्यारोडिका रुपमा मात्रै प्रस्तुत गरिएको उनको भनाइ छ ।

‘नेपाल मात्रै होइन मेन स्ट्रिमका भारतीय चलचित्रमा पनि तेस्रोलिंगीलाई प्यारोडिका रुपमा प्रस्तुत गरेको देखेको छु,’ केसीले भने, “जबसम्म यो विषयमा राम्रो र सकारात्मक बुझाई हुँदैन तबसम्म यो प्रचलनको अन्त्य नहुनपनि सक्छ ।’

दिदी र भाइको आत्मिय सम्बन्धमा आधारित चलचित्र ‘डाइङ क्यान्डल’ यही माघ २८ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।