१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


साइबर अपराधसम्बन्धी ५६० उजुरी दर्ता


0
Shares

पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, अनलाइनलगायतका सामाजिक सञ्जालमार्फत अपराध गर्नेको सङ्ख्या बढेको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रहरी नायब उपरीक्षक पशुपति रायले प्रविधिको विकाससँगै साइबर अपराधको घटनामा वृद्धि आएको बताए ।

उनले भने “गत आवमा ८३० उजुरी महाशाखामा परेपनि यो चालु आवको ६ महिनामा नै ५६० उजुरी दर्ता भएको छ ।”

महाशाखामा उजुरी दर्ता भएमध्ये ११ घटनाको मुद्दा चलाएको रायले जानकारी दिए ।

त्यसमध्ये सामाजिक सञ्जालमार्फत अपराध गर्ने ११, एटिएममार्फत ठगी गर्ने एक र अनलाइन चिठ्ठा पर्‍यो भनी ठगी गर्ने एक घटना रहेका छन् । महाशाखाले गत आवमा १७ घटनाको मुद्दा चलाएको थियो । रासस