
३४ किलो सुन भित्र्याउन सहयोग गरेको आरोपमा सीआइबीको हिरासतमा रहेका एसएसपी खत्रीलाई थप अनुसन्धान गर्न प्रहरीले म्यादका लागि अदालतसँग अनुमति लिन लागेको हो ।
गत महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३४ किलो सुन भित्र्याउन सहयोग गरेको आरोपमा एसएसपी खत्री पक्राउ परेका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले खत्रीलाई हिजो दिउँसो प्रहरी मूख्यालय नक्सालबाटै पक्रेको थियो ।
खत्री सुन तस्करीको समयमा विमानस्थलमा कार्यरत थिए । सो घटनालगत्तै खत्रीलाई हेडक्वार्टर तानिएको थियो ।
प्रहरीले यसअघि विमानस्थल भन्सारमा कार्यरत तीन जना कर्मचारीलाई पनि पक्रिसकेको छ । उनीहरुको बयानसमेतका आधारमा खत्रीलाई पक्राउ गरिएको बताइएको छ ।
गत पुस २१ गते दुबई विमानस्थल हुदै ल्याइएको सुनसहित सीआइबीले दुई जनालाई नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्