१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


हत्यामा संलग्न दुईजना पक्राउ, दुवैले आफ्नो संलग्ना स्वीकारेको प्रहरीको दाबी


0
Shares

पक्राउ पर्नेमा सोही ठाउँका ३३ वर्षीय भीमबहादुर थापामगर र २५ वर्षीय विष्णु थापामगर रहेका छन् ।

गत बुधबार राति कुश्मीसेरा–८ तिनहरेमा मृतक थापाको शव फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । मादकपदार्थ सेवनपछि भएको झगडामा लाठी प्रहारबाट थापाको मृत्यु भएको प्रहरी अनुसन्धानले देखाएको छ । आरोपित दुवैले घटनामा आफूहरुको संलग्नता स्वीकारेको बागलुङका प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले बताए ।

होटलमा मादकपदार्थ सेवन गरेका विष्णु, होटल सञ्चालक भीमबहादुर र मृतक कृष्णबहादुर बीचको झगडा हात हालहालको अवस्थामा पुगेको थियो । भाइ पर्ने विष्णुको पक्ष लिई भीमबहादुरलाई कुटपिट गरेका कृष्णबहादुरलाई पछि भीमबहादुरले टाउकामा लाठी प्रहार गरेको प्रहरीले जनाएको छ ।

आरोपित दुवैलाई थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालत बागलुङले सात दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ । (रासस)