१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


अस्पतालबाटै चोरिएको नवजात शिशु फेला


0
Shares

पर्साको बेल्वा गाविस वडा ९ स्थित लाल्सा देवी साहको घरमा लुकाई राखेको अवस्थामा प्रहरीले शिशु फेला पारेको हो । शिशु चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले लाल्सादेवीलाई पक्राउ गरेको छ ।

बालक अस्वस्थ रहेकाले अहिले आइसीयुमा राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ ।

वीरगन्ज उप–महानगरपालिका वडा नम्बर २ छपकैयाकी आसा देवी पाशवानको नजजात शिशु जन्मिएको तीन घण्टाभित्रै अस्पतालको बेडबाट हराएको थियो ।