
जिल्लाको दक्षिणी गाविस डम्वर्खुशिवालय–१ स्थित काभ्रेखोलामा हत्या गरेर फालिएको महिलाको शव शनिबार दिउँसो फेलापरेको हो ।
मृत फेलापरेकी अन्दाजी २८/३० वर्षीया महिलाको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र, चिसापानी पुर्याइएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताए ।
घटनास्थलमा आलै रगत र मृत महिलाको घाँटी तथा शरीरको विभिन्न भागमा धारिलो हतियारको चोट देखिएकाले उनको हत्या नै गरिएको हुनसक्ने प्रनाउ प्रधानको भनाइ छ ।
अहिलेसम्म हुलिया नखुलेकी मृत महिलाले रातो स्वीटर, नाकमा फुली र हातमा चुरा लगाएकी घटनास्थल पुगेका प्रहरीले जनाएका छन् ।
घटनाको अवस्था हेर्दा शुक्रबार राति उनको हत्या भएको अनुमान गरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
खोलाको भौडीमा फालिएको अवस्थामा महिलाको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयवासीकाअनुसार आर्यमूलको अनुहार देखिने मृत महिला सो गाविसको नभएको बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्