१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


क्यान्सरबाट नेपालमा वर्षेनी हजारौंको मृत्यु, अब कसरी जोगिने ? (भिडियो हेर्नुहोस)


0
Shares

-प्रज्ञा तिमल्सिना, ईमेज

सूर्तिजन्य पदार्थको सेवन, धुलो, धुँवा र खानपानका कारण शहरी क्षेत्रका मानिस फोक्सोको क्यान्सरबाट बढी प्रभावित हुने गरेका छन् । तर क्यान्सर रोग न्यूनीकरण गर्न सरकारी क्षेत्रबाट खासै पहल भने हुन सकेको छैन ।

क्यान्सर, के गरिब के धनी सबैलाई लाग्ने । लागेपछि निदान हुन निकै कठीन पर्ने । उपचार उसै खर्चिलो । पछिल्ला वर्षमा यो रोगको आकार बढ्दो छ ।

विभिन्न खालका क्यान्सरबाट ज्यान गुमाउनेहरुको संख्या बढ्दो छ । यद्यपि, विश्वले क्यान्सर रोग निवारण गर्न सन् २०१६ देखि १८ सम्म ‘हामी सक्छौं, म सक्छु’ भन्ने सन्देशका साथ काम गरिरहेको छ ।

नेपालमा पनि यो सन्देशका साथ क्यान्सर रोग न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गरिएका छन् । नेपालमा बढ्दो शहरीकरणसँगै क्यान्सरका विरामी पनि थपिँदै छन् ।

सूर्तीजन्य पदार्थको सेवन, धुलो, धुँवा, अव्यवस्थित खानपान र जीवनशैलीले मानिसमा क्यान्सर रोगको खतरा बढाउँदै लगेको चिकित्सकहरु बताउँछन् । नेपालमा कति क्यान्सरका विरामी छन् भन्ने यकीन तथ्यांक छैन ।

विश्व स्वास्थ्य संगठनले सन् २०१४ मा गरेको अध्ययनले नेपालमा वर्षेनी १४ हजार ३ सय मानिसको मृत्यु क्यान्सरका कारण हुने गरेको देखाएको छ भने ५५ दशमलव ५ प्रतिशत महिला र ४४ दशमलव ४ प्रतिशत पुरुषमा क्यान्सर रोग देखा परेको अध्ययनले देखाएको छ ।

महिलाहरुमा पाठेघरको मुखको क्यान्सर र व्रेस्ट क्यान्सर बढी मात्रामा देखिएको छ भने पुरुषहरुमा फोक्सो र मुखको क्यान्सर बढी देखिएको पनि अध्ययनले देखाएको छ । त्यस्तै वालवालिकाहरुमा भने बल्ड क्यान्सर बढी देखिएको चिकित्सकहरुले बताएका छन् ।

हाल क्यान्सरको उपचार गर्ने राम्रो पद्धतिको अभावले यसको समस्या बढ्दै गएको छ । पहिलो चरणमै क्यान्सरको पहिचान गर्न नसकिनु र रोगीहरु खुलेर आउन नसक्ने समस्याका कारण पनि नेपालमा क्यान्सरका विरामी बढ्दै गएको हो ।

क्यान्सर रोगको उपचार प्रणाली निकै महंगो भएका कारण पनि धेरैको क्यान्सर रोगका कारण मृत्यु समेत भइसकेको छ । ग्रामीण क्षेत्रको तुलनामा शहरमा क्यान्सर रोगीको संख्या बढ्दै गएको छ । पोलेको, तारेको, डढेको खानेकुराका कारण पनि क्यान्सर रोग लाग्ने चिकित्सहरुले बताएका छन् ।

त्यस्तै अत्याधिक घामँमा बस्ने धुलो धुवा , प्रदुषणका कारण पनि क्यान्सर रोग देखा पर्छ । शरिरमा गिर्खा कालो दाग , पेट पोल्नु , स्वर भासिदै जानु जस्ता समस्या देखा गर्ने वितिकै चिकित्सकको मा जानु पर्ने चिकित्सकहरुले बताएका छन् ।

क्यान्सर वशांणुगत रोग पनि हो । परिवारका कुनै सदस्यमा क्यान्सर देखिएपछि अरुमा पनि यो समस्या देखा पर्न सक्ने चिकित्सहरुले बताएका छन् । त्यस्तै कुनै इन्फेक्सन , भाईरसका कारण पनि महिलाहरुको पाठेघरको मुखको क्यान्सर देखा पर्ने चिकित्सकहरुले बताएका छन् ।

क्यान्सर लागेको पहिलो वा दोस्रो चरणमै पत्ता लागेमा सहजै उपचार सम्भव छ । पहिलो चरणमा पत्ता लाग्यो भने ८० प्रतिशत पुर्ण रुपमा सन्चो हुने सम्भावना हुन्छ भने , देस्रो र तेस्रो चरणमा पत्ता लागे ५० देखी २० प्रतिशत सम्म सन्चो हुने सम्भावना रहन्छ ।त्यस्तै क्यान्सर रोग पुर्ण रुपमा निको नहुने भन्दै चिकित्सकहरुले चिकित्सकहरुको सल्लाहमा नै बस्न पनि सुझाव दिएका छन् ।

हाल नेपाल सरकारले क्यान्सर रोग लागेका विरामीलाई १ लाख रुपमा सम्म सहयोग गर्ने कार्यक्रम त ल्याएको छ । तर क्यान्सर रोगको उपचार प्रणाली निकै महंगो भएकाले सरकारको यो सहयोगले बढाउनु पर्ने क्यान्सर रोग विरामीहरुले बताएका छन् ।

हाल क्यान्सर रोगीहरु आफै पनि क्यान्सर रोग प्रति सजक हुन थालेका छन् । क्यान्सर रोग लागे पनि आतिन नहुने भन्दै सल्लाह पनि दिन थालेका छन्  क्यान्सरबारे जनचेतना जगाउने र सन्तुलित भोजन गर्ने हो भन्ने रोगबाट बच्च सकिने चिकित्सकहरुको भनाइ छ ।

विशेष गरी शहरी क्षेत्रमा क्यान्सरसम्बन्धी जनचेतना फैलाउनु आवश्यक हुन्छ । रोग न्युनीकरण गराउन सरकारी पक्षबाट पनि थप कार्यक्रम सञ्चालन गर्नु जरुरी देखिएको छ ।