१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


प्रसूतिवार्डबाटै नवजात शिशु चोरियो, अस्पतालकै मिलेमतोमा बालक चोरिएको आरोप


0
Shares

वीरगन्ज उप–महानगरपालिका वडा नम्बर–२ छपकैयाका मुकेश पासवानकी श्रीमती आशा पासवानले जन्माएको शिशु दिउँसो २ बजे प्रसूतिवार्डबाटै चोरी भएको हो ।

बिहान १० बजेर ४० मिनेटमा बालकको जन्म भएकोमा प्रसुतिगृहको वार्डमा सो बालक खेलाउँदै बसेकी अन्दाजी ३५ वर्षकी अपरिचित महिलाले आफूहरुलाई छक्याएर शिशु लिएर गएको शिशुकी हजुरआमा रमाउतीदेवी पासवानले बताएकी छन् ।

अस्पतालका कर्मचारी तथा नर्सहरुकै मिलेमतोमा आफ्नो नाति चोरी भएको आरोपसमेत उनले लगाएकी छन् ।

उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिडेन्डेन्ट डा. चित्तरञ्जन साहले भने शिशु जन्मिएपछि अभिभावकको जिम्मा लगाएको र आफन्तको लापरबाहीले बच्चा हराएको बताएका छन् ।

शिशु चोरी भएको थाहा पाएलगत्तै प्रहरीले नगरक्षेत्रमा प्रवेश गर्ने तथा बाहिरिने सबै बाटोहरुमा चेकजाँच कडा बनाएको छ ।

अस्पतालभित्र र मूल सडकमा रहेका सीसी टीभी क्यामेराको रेकर्ड अध्ययन गरी अनुसन्धान अघि बढाएको पर्सा प्रहरी उपरीक्षक गोविन्दकुमार साहले बताए ।

शिशु चोरिएपछि अस्पतालबाहिर प्रदर्शन पनि गरिएको छ ।