१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


रोटरी क्लबले मनिहर्स डाइग्नोस्टिक सेन्टरलाई दियो ९ करोड बढीको अत्याधुनिक स्क्यानर


0
Shares

क्लब र मन्हिर्ष डाइग्नोस्टिक सेन्टरको पहलमा अत्याधुनिक स्क्यानर भित्र्याएको जनाइएको छ ।

विहीबार राजधानीमा आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्क्यानरको रिबन काटेर उद्घाटन गरे । रोटरी फाउन्डेसनकोसमेत सहयोग रहेको क्लबले जनाएको छ ।

अमेरिकामा निर्मित यो अत्याधुनिक सीटी स्क्यानरको लागि रोटारियन डा. रुप ज्योतीले सबैभन्दा बढी सहयोग गरेका छन् ।

९ लाख डलर अर्थात् ९ करोड रुपैयाँभन्दा बढी मूल्यको यो अत्याधुनिक स्क्यानर न्यूनतम् मूल्यमा प्रयोग गर्न सकिने व्यवस्था मिलाइने डा. ज्योतीले बताए ।

यो स्क्यानरपछि नेपालमै मुटुसम्बन्धी रोगको उपचारमा थप सहजता आउने विश्वास उनले व्यक्त गरे ।

यस प्रविधिले सुक्ष्मरुपमा मुटु र रक्तनलीलाई प्रस्ट देखाउने, बिरामीमा हुनसक्ने मुटुरोगको उत्कृष्टताका साथ निदान गर्नसक्ने जनाइएको छ ।

कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले उपत्यकाका १० ओटा स्थानमा छिट्टै सहरी स्वास्थ्य सुरक्षा केन्द्र स्थापना गर्न लागेको पनि बताए ।

कार्यक्रममा रोटरी डिष्ट्रिक्ट ३२९२ की डिष्टिक्ट गभर्नर जया शाह, रोटारियन डा. कोकिला वैद्यलगायतले सामाजिक क्षेत्रमा रोटरीले गर्दै आएको सहयोगबाट जानकारी गराएका थिए ।