९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


शाहरुखकी ‘लेडी लभ’ माहिरा खानको विचित्रको रियल कहानी


0
Shares

फिल्मी बजारमा राम्रो प्रशंसा पाइरहेको ‘रईस’ भन्दा पनि शाहरुखकी लेडी लभको भूमिकामा देखिएकी पाकिस्तानी माहिरा खानको रियल जीवन कहानीले सनसनी मच्चाइरहेको छ ।

माहिरा चर्चित तथा महंगो पाकिस्तानी नायिका हुन् । छोटो समयमा उच्च तारिफ पाइरहेकी माहिराको जीवन कहानीले दुनियाँलाई अच्चमित परिरहेको छ ।

उनी कुनै समय रेष्टुरेण्टमा वेट्रेसको पार्ट टाईम जागिरे मात्र होइन पसलमा झाडु पोछा लगाउने काम समेत गर्थिन भन्दा शुभेच्छुकहरु अच्चममा परिरहेका छन् ।

२१ डिसेम्बर, १९८४ मा पाकिस्तानको कराँचीमा जन्मिएकी उनी १७ बर्षको उमेरमा उच्च शिक्षाको लागि अमेरिका गएकी थिइन् ।

अमेरिकामा पढाइको क्रममा उनले एक रेष्टुरेण्टमा वेट्रेसको पार्ट टाईम जागिर गरेकी थिइन् । त्यहाँ पढ्दा उनले एक पसलमा काम पनि गरिन । त्यो पसलमा उनले क्यासियर देखि झाडु पोछा लगाउने काम सम्म गर्थिन् ।

शाहरुखको फिल्ममा प्रशसनीय अभिनय गरेकी उनको कलाकारिता क्षेत्रमा सक्रिय हुनुपूर्व गरेका यस्ता कामले प्रशंसकहरुलाई अच्चममा पारेको छ ।

क्यालिफोर्नियाको यूनिभर्सिटीमा अंग्रेजी साहित्यमा भर्ना भए पनि उनी एक बर्षपछि नै कलाकार बन्न पढाई छाडेर सक्रिय भएकी थिइन् ।

उनका पिता हफीज खान दिल्लीमा जन्मिएका थिए । भारत-पाकिस्तान छुट्टिंदा पाकिस्तान सरेका थिए । अलि असकरीसँग विवाह गरेकी उनको एक सन्तान समेत छन् । (एजेन्सी)