
सिटामोल, मेट्रोजस्ता अति आवश्यक तथा सामान्य औषधिकै अभाव हुँदा बिरामी मर्कामा परेका छन् ।
जिल्ला अस्पतालमै औषधि अभाव भएपछि ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा पनि औषधि उपलब्ध गराउन नसकिएको बताइएको छ ।
केन्द्रबाट प्राप्त हुने औषधि पाँच महिनादेखि नआएपछि जिल्लास्तरबाटै खरिद गरिएका ३३ प्रकारका औषधि पनि सकिन लागेको अस्पताल प्रशासनले जनाएको छ ।
थप औषधि खरिदका लागि खरिद आदेश लिनुपर्ने भएकाले समस्या देखिएको अस्पताल विकास समितिका अध्यक्ष केशर मेन्याङ्बोले बताए ।
प्रतिक्रिया दिनुहोस्